Breaking News

पूर्वमन्त्री साहसँग ५० लाख धरौटी माग

By peoplesdailynepal

November 15, 2017

२९ कात्तिक, काठमाडौं । विशेष अदालतले पूर्वराज्यमन्त्री सञ्जयकुमार साहसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा अदालतले धरौटी माग गरेको प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

 

३१ करोड ५० लाख ३६ हजारको स्रोत नखुलेको सम्पत्ति भेटिएको भन्दै अख्तियारले साहविरुद्ध २५ पुसमा सोही बराबरको बिगो र जरीवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

‘अख्तियारले दायर गरेको अभियोगमाथि अदालतले वयान लिई थुनछेक आदेशका क्रममा ५० लाख रुपैया धरौटी माग गरेको हो’ अदालतका प्रवक्ता पोखरेलले भने, ‘उक्त धरौटी रकम बुझाउन नसकेपछि थुनामा पठाइएको हो ।’

अब शाहका थप साक्षी प्रमाण हेरेर अन्तिम फैसला दिनेछ । पूर्व सांसद समेत रहेका साह जनकपुर बम काण्डमा संलग्न भएको अभियोगमा जेलमा छन् ।