Breaking News

मलाई ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेको छ, फेरि पनि प्रधानमन्त्री बन्ने मै हुँ : देउवा

By peoplesdailynepal

November 16, 2017

३० कात्तिक, धनगढी । प्रधानमन्त्री एवं नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले अब फेरी पनि प्रधानमन्त्री आफैँ हुने बताएका छन् । कैलालीको धनगढीमा बिहीबार बिहान आयोजित पत्रकार भेटघाटमा देउवाले भने, ‘मलाई ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेको छ, फेरि पनि प्रधानमन्त्री बन्ने मै हुँ ।’

सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने व्यक्ति अहिले आफूबाहेक कोही नभएको दाबीसमेत देउवाले गर्दै देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले  आफुलाई कांग्रेसको अन्तिम प्रधानमन्त्री’ बताइरहेको कुराको खण्डन गर्दै, ज्योतिषले भनेजो हुने तर कम्युनिस्टले भनेको नहुने बताए ।

 

 

 

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेकी पत्नी आरजु राणाको पक्षमा चुनाव प्रचार गर्न प्रधानमन्त्री देउवा यतिबेला कैलालीमा रहेका देउवाले सुदूर पश्चिममा पनि कांग्रेसको राम्रो नतिजा आउने र पार्टीले बहुमत ल्याएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे ।

चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा रहेका देउवा  ले आफ्नो क्षेत्रबाट विजयी भएर प्रधानमन्त्री हुने बताईरहदा  बाम गठबन्धनका  उम्मेदवारले देउवालाई पराजित गर्न सक्ने अनुमान धेरैले लगाएका छन् ।