Breaking News

शेयर कारोबारमा घाटा लागेपछि आत्महत्या ?

By peoplesdailynepal

September 10, 2018

२५ भदौ, काठमाडौं । काठमाडौंको स्वयम्भूमा ५ दिनअघि भित्रबाट बन्द गरिएको कारमा मृत भेटिएका युवकले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसअघि २१ भदौमा मकवानपुरको मार्खु–७ घर भइ नैकाप बस्दै आएका २६ वर्षीय श्यामकुमार श्रेष्ठको शव कारभित्र भेटिएको थियो ।

शेयर लगानीकर्ता रहेका श्रेष्ठले कारोबार ओरालो लागेपछि आत्महत्या गरेको तर्फ प्रहरी अनुसन्धान तेर्सिएको हो । घटनाको अनुसन्धान गरिरहेको महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अहिलेसम्मको अनुसन्धानले श्रेष्ठले आत्महत्या गरेको हुन सक्ने देखाएको बताए । उनले भने, ‘अहिलेसम्मको अनुसन्धानले त्यस्तो संकेत गरे पनि पोष्टमार्टम रिपोर्टले थप ‘केही एक्जिामिन गर्नु पर्ने’ देखाएले अहिल्यै आत्महत्या नै हो भनेर पुष्टि गरिहाल्न चाहिँ मिलेन ।’

महाशाखाका एक अधिकारीका अनुसार पारिवारिक स्रोतबाट श्रेष्ठले विभिन्न व्यक्तिबाट एक करोड बढी ऋण लिएको खुलेको छ । ‘पछिल्लो समय शेयर कारोबार पनि घाटामा गएको बताउँदै आएको थियो’, श्रेष्ठको पारिवारिक स्रोतलाई उदृत गर्दै ती अधिकारीले भने । तीन दिनअघिदेखि हराएका उनको शव कारको पछाडि पट्टीको सिटमा घोप्टे परेको अवस्थामा भेटिएको थियो । जहाँ उनले बान्ता पनि गरेका थिए । उनको शरीरमा पनि चोटपटक देखिएको थिएन भने कारको चाबी र घडी अगाडिको सिटमा राखेको भेटिएको थियो । शवको नजिक कोक र केही ‘ड्राइ फुड’ भेटिएको थियो । अनलाईनखबरमा प्रकाशित