Breaking News

कोरियामा गाडीले ठक्कर दिँदा एक नेपालीको मृत्यु

By peoplesdailynepal

September 10, 2018

दक्षिण कोरिया-सवारीको ठक्करबाट कोरियाको गिम्पो सहरमा एक नेपालीको मृत्यु भएको छ। दोस्रो कार्यकालका लागि कोरिया आएका पर्साका ओमप्रकाश चौधरी मृत्यु भएको छ । बजारबाट फर्कने क्रममा साइकलमा यात्रा गरिरहेका चौधरीलाई पछाडिबाट आएको गाडीले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।