काठमाडौं – निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउले नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा डलरको भाउ हाल सम्मकै उच्च रहेको छ । मंगलबार १ अमेरिकी डलरको बिक्रिदर १ सय १६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबारका लागि अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा तोकिएको छ । हिजो १ डलरको खरिद दर १ सय १४ रुपैयाँ ४८ पैसा र विक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा थियो ।
यसअघि बढ्दै गएको डलरको भाउ गएको शनिबार भने ८ पैसा घटेको थियो । त्यसयता फेरि पनि डलरको भाउ बढ्दै गएको हो । भारतसँगको स्थीर विनियम दरका कारण अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा स्वतः नेपाली मुद्रा पनि कमजोर हुने गरेको हो