Breaking News

निर्मला हत्या प्रकरण : राजीनामा दिएका केसी समितिमा फर्किए

By peoplesdailynepal

September 12, 2018

काठमाडौँ, २७ भदौ । निर्मला पन्त हत्या छानबीन गर्न गठन गरिएको समितिबाट सुरक्षाको कारण देखाई राजिनामा दिएका उपसचिव बिरेन्द्र केसी फेरी समितिमा नै फर्किएका छन् । पत्रकार सम्मेलनमार्फत समितिको काम कारवाहीप्रति असन्तुष्टि र सुरक्षाको माग गर्दै राजीनामा दिएका केसी गृहमन्त्रीसँग छलफलपछि समितिमा फिर्ता भएका हुन ।

गृहमन्त्री रामबहादुर थापा बादलले केसीको राजीनामापछि सुरक्षा समितिका पदाधिकारी, छानबिन समिति प्रमुख, गृह सचिव र सचिवालय टीमसँग पछिल्लो परिस्थितिका बारेमा गम्भीर छलफल गरेका थिए । आज केसीले गृहमन्त्री बादल, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफल गरेका थिए ।