Breaking News

चुनावी सभामा कविता बाचन गर्दा गर्दै मृत्यु

By peoplesdailynepal

November 17, 2017

१ मंसिर, दमौली ।

‘जबसम्म खोला बगिरहन्छ कांग्रेस रहिरहन्छ, म बाँचुञ्जेल कांग्रेस रहिरहन्छु’ भावको कविताका केही अंश मात्रै के वाचन गर्न भ्याएका थिए, उनी ढले ।

घटना हो तनहुँको भानु नगरपालिका–१२ मा बिहीबार कांग्रेस नेता रामचन्द्र पौडेलको चुनावी सभाको । पौडेलले सभालाई सम्बोधन गरिसकेपछि उदघोषकले कांग्रेस कार्यकर्ता श्रीभद्र पण्डितलाई मञ्चमा बोलाए । पण्डित माइक समातेर कविता वाचन गर्न थाले । ‘जबसम्म खोला बगिरहन्छ कांग्रेस रहिरहन्छ, म बाँचुञ्जेल कांग्रेस रहिरहन्छु’  उनि एक्कासी ढले र उनलाई कांग्रेस कार्यकर्ताहरुले उपचारका लागि डुम्रेको अस्पतालमा त पुर्‍याए । तर, उनलाई कार्यकर्ताहरुले बचाउन सकेनन् । केही समयअघि आफैंले वाचन गरेको कवितामा भनेझैं उनले कांग्रेस भएरै धर्ती छाडे ।

कांग्रेस तनहुँले दिएको जानकारी अनुसार, ५६ वर्षीय पण्डितको शुक्रबार तार्कुघाटमा अन्त्येष्टि गरिँदैछ ।