Breaking News

‘लिटिल बुद्ध’ भनेर चर्चामा आएका रामबहादुर बम्जनमाथि आनी बलात्कारको आरोप

By peoplesdailynepal

September 16, 2018

काठमाडौं,भदौं ३० – बाराको जंगलमा तपस्या गरेर ‘लिटिल बुद्ध’ भनेर चर्चामा आएका रामबहादुर बम्जनलाई बलात्कारको आरोप लागेको छ । उनीमाथि रौतहट गुजरा नगरपालिकाकी एक किशोरीलाई गुम्बाभित्र बलात्कार गरेको आरोप लागेको हो ।

शनिबार पत्रकार सम्मेलनमार्फत किशोरीले आफूमाथि ‘धर्मगुरु’ बम्जनले पटकपटक बलात्कार गरेको जानकारी गराएकी हुन् । १७ वर्षीया आनीलाई बम्जनले गुम्बाभित्रै बलात्कार गरेको आरोप लागेको छ ।

बलात्कार भएकी भनिएकी किशोरीले आफू २०७१ साउनदेखि २०७५ असारसम्म आश्रममा बस्दा पटकपटक यौन दूर्व्यवहार भएको बताइन् । तर, बम्जन पक्षले भने उनको आरोपलाई अस्वीकार गरेको छ ।