Breaking News

बिरामी बुबाको उपचारकालागि हिडेका छोराको सडक दुर्घटनामा मृत्यु

By peoplesdailynepal

September 17, 2018

कावासोती, असोज १- बुबालाई उपचारका लागि अस्पताल लैजादै गर्दा सडक दुर्घटनामा परी छोराको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ चोरमारास्थित जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा मधु आलेको ज्यान गएको हो ।

आज बिहान लु१च ५४६५ नंको बोलेरो राजमार्गमा बिग्रिएर रोकिराखेको ग १ ख ६७२८ नंको ट्रकमा ठोक्किँदा बोलेरोमा सवार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–४ बस्ने १७ वर्षीय मधु आलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मधु आलेको उपचारको क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको हो । बुबा हस्तबहादुर आलेकोे उपचारका लागि अस्पताल लैजाने क्रममा छोरा मधु आलेको दुर्घटनामा ज्यान गएको हो ।