Breaking News

युवती बेच्ने दुईजना पक्राउ ! विवाह गर्छु भनेर ललाई फकाई भारततर्फ लैजादै थिए !

By peoplesdailynepal

September 17, 2018

इलाम, असोज १– पाँचथरको फिदिम नगरपालिका ५ की १९ वर्षीय युवतीलाई विवाह गर्छु भनेर ललाई फकाई भारततर्फ लैजादै गरेको अवस्थामा दुईजना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ्ग जिल्लाको सुकिया बस्ने दलवीर मुखिया र दार्जिलिङ्गकै राङ्गबाङ्ग बस्ने आयुष विक रहेका छन् । ती दुई युवालाई इलामको पशुपतिनगर नाकाबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका ४२ वर्षका मुखिया र २२ वर्षका विकलाई जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुलाई मानव बेचविखनसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।