Breaking News

सुनसरीमा गोली चल्यो, एक जनाको मृत्यु

By Peoplesdailynepal

September 20, 2018

काठमाडौं,असोज ४ – सुनसरीको भुताहामा गोली चलेको छ । गोली प्रहारवाट स्थानीय प्रधानाध्यापक हजिद कुर्सिद अन्सारीको मृत्यु भएको छ । भारतबाट आएको समूहले गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रमा पर्ने क्षेत्रमा भारतबाट २ वटा मोटरसाइकलमा आएका चार जनाको समूहले प्रधानाध्यापकलाई गोली प्रहार गरेको जनाइएको छ । अन्सारीको टाउकोमा गोली प्रहार गरिएको छ । अन्सारीको हत्या गरेर भारततिर गइरहेका अभियुक्तलाई प्रहरीले सीमा क्षेत्रमा रोक्न खोज्दा उक्त समूहले प्रहरीमाथि पनि गोली प्रहार गरेर फरार भएको छ ।