Breaking News

सेनेटरी प्याडको बदलामा ड्राईभरसँग सेक्स ?

By Peoplesdailynepal

September 20, 2018

काठमाडौं । केन्याको ग्रामिण इलाकाका महिनावारीको समयमा महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडको बदलामा ड्राइभरसँग सेक्स गर्ने गरेका तथ्य बाहिरिएको छ । गैरसरकारी संस्था युनिसेफको रिसर्चका अनुसार केन्यामा गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिरिएको हो ।

गरिबी, रुढिवादी परम्परा र पछौटेपनको कारणले यस्तो समस्या आएको युनिसेफको प्रतिवदेनमा उल्लेख छ । केन्याको राजधानी नैरोबीको किबेरा स्लमममा रहने ६५ प्रतिशत महिलाहरुले सेनेटी प्याडको बदलामा सेक्स गर्ने गरेका छन् । पश्चिम केन्याको करीब १० प्रतिशत महिलाहरुले सेनेटरी प्याडको बदलामा सेक्स गर्ने कुरालाई स्वीकार्छन् ।

उसो त केन्याको ग्रामीण भेगहरुमा सेनेटरी प्याडको निर्यात पनि एकदमै कम हुने गर्छ । बल्ल बल्ल गाडी जाने ग्रामीण भेगहरुमा ड्राईभरहरुले मात्र सेनेटरी प्याड पु¥याउने गर्छन् ।