काठमाडौं, ६ असोज सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश कमिटिका मुख्य पदाधिकारीहरु टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेशका इनचार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिवमा रहने पदाधिकारीहरुको नाम टुंगो लगाएको हो ।
पार्टी अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न बैठकले सातै प्रदेशका पदाधिकारी सर्वसम्मतिमा चयन गरेको सचिवालय सदस्य रामबहादुर थापाले बताए ।
तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ । प्रदेश १ र ७ मा भने ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन पुर्व एमालेबाट परेका छन् ।
प्रदेश १
इन्चार्जः भीम आचार्य अध्यक्षः देवराज घिमिरे सहइन्चार्जः साबित्रीकुमार काले सचिवः सुरेश बहादुर राई
प्रदेश २
इन्चार्जः सत्यनारायण मण्डल अध्यक्षः प्रभू साह सहइन्चार्जः विश्वनाथ साह सचिवः सुमन प्याकुरेल
प्रदेश ३
इन्चार्जः अष्टलक्ष्मी शाक्य अध्यक्षः हितमान शाक्य सहइन्चार्जः नारायण दाहाल सचिवः आनन्द पोख्रेल
गण्डकी प्रदेश
इन्चार्जः पृथ्वी सुब्बा गुरुङ अध्यक्षः हितराज पाण्डे सहइन्चार्जः खगराज अधिकारी सचिवः गोविन्द नेपाली
प्रदेश ५
इन्चार्जः शंकर पोख्रेल अध्यक्षः ओनसरी घर्ती सहइन्चार्जः दलबहादुर राना सचिवः जगप्रसाद शर्मा
कर्णाली प्रदेश
इन्चार्जः जनार्दन शर्मा अध्यक्षः गोरखबहादुर बोगटी सहइन्चार्जः यमलाल कंडेल सचिवः मयाप्रसाद शर्मा
प्रदेश ७
इन्चार्जः भीम रावल अध्यक्षः कर्ण थापा सहइन्चार्जः लक्ष्मणदत्त जोशी सचिवः नेप चौधरी