काठमाडौं, ५असाेज । केही समयअघि काठमाडौंको गोंगबुमा एक ‘मानसिक रोगी’लाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त घटनापछि प्रहरीले घटना छानबिन गर्न चासो दिएको छ ।
प्रहरीले आन्तरिक छानबिन समिति बनाएर काम थालेको हो । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त, महाराजगन्जका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएर घटनाको छानबिन थालेको बताएको छ । गएको असोज ३ गते काठमाडौंको गोगंबु चोकस्थित एक मन्दिरनजिक एक बर्दीधारी प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई लाठी र बुटले निर्घात कुटपिट गरेका थिए ।