पोखरा, असोज १२ । पोखराको नयाँबजारमा फोटोकपी पसल सञ्चालन गर्दै आएका भीम चन्द मृत भेटिएका छन् । अन्दाजी ४० बर्षका चन्द लामो समयदेखि नयाँबजारमा फोटोकपी मेसिन चलाउदै आएका थिए । चन्दले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । उनको श्रीमति, एक छोरा र एक छोरी छन् ।
बिहानै घटनास्थलमा स्थानीयको भीड लाग्यो । प्रहरीले घटनास्थल सिज गरी मुचुल्का उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।