Breaking News

चोरी गर्न अरुको घरमा पस्दा गयो आफ्नै ज्यान !

By peoplesdailynepal

September 28, 2018

धनुषा,असोज १२-  चोरी गरी भाग्ने क्रममा ईनारमा खस्दा एक जनाको ज्यान गएको छ ।

गणेशमानचारनाथ नगरपालिका–४ बस्ने लोटन राईनको घरमा चोरी गर्ने मनसायले घरको झ्यालबाट उक्त व्यक्ति पसेका थिए । घरमा चोर पसेकोे घरको मानिसले थाहा पाएपछि भाग्ने क्रममा सोही घरमा रहेको ईनारमा परेर उनको ज्यान गएको हो ।

ज्यान गुमाउने उक्त पुरुषको परिचय खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।