मंगसिर-९, काठमाण्डौ
पहिलो दिन झारफुक, दोस्रो दिन आफूले छुँदै पनि रोग निको हुने भन्दै युवतीलाई छुन खोज्ने । तेस्रो दिन पनि झारफुक। तर, चौथो दिन उनले उनी यौन दुराचारी हुने एक लामा दक्षिणकालीबाट पक्राऊ परेका छन् ।
पहिले तेस्रो दिन सम्म लागेको कोठामा नलागी सुनसान कोठामा लागि तिमी मेरो पूर्वजन्मको अर्धाङ्गिनी हौं र यो जन्ममा पनि मेरै हौं भनेर यौन धन्दामा लठ्ठ बनाउने र युवतीलाई नग्न बनाउने र, पटक पटक यौन सम्पर्क गर्ने । कसैलाई सम्पर्क राखेको कुरा भने ठूलो क्षति हुने भन्दै तान्त्रिकले त्रास देखाउँने । त्रास देखाएरै युवतीलाई यौन सम्पर्क राख्न बाध्य बनाउने ।
काठमाडौंकी अञ्दाजी २६/२७ वर्षकी युवती सबिनाले (नाम परिर्वतन) आफु यौन शिकार भएको परिवार र आफन्तलाई भने पछी कुरा सीआईबि सम्म पुग्यो र अहिले ति लामा पक्राऊ परेका छन् । केहि महिनाअघि छालामा एलर्जी भयो र दक्षिणकाली-१, चाल्नाखेलमा थियो, टासी छुल्ठिम घोम्बो कासुङ नामक गुम्बामा उपचार गर्ने तान्त्रिक भनिएका व्यक्ति थिए, रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) । दक्षिणकालीमा रहेका एकजना लामाले यस्तो समस्या झारफुक गरेरै निको पार्छन् भन्ने उनले साथीभाइबाट सुनिन् र त्यहाँ पुगेकी थिईन ।
धर्मगुरु भनिएका ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) को स्थायी घर सिन्धुलीको दुम्जा हो । उनी काठमाडौंमा १० वर्षअघि आएर गुम्बा सञ्चालन गरी बसेका थिए ।पहिल्यैदेखि ती गुरु महिलाप्रति आशक्त रहेको अनुसन्धानका क्रममा खुलेको छ । काठमाडौं आएदेखि नै धर्म गुरुको आवरणमा महिलामाथि यौन शोषण गर्ने गरेको प्रहरीको आशंका छ ।आफूसँग दैवी शक्ति छ भनेर प्रचार गर्दै जुनसुकै रोग निको पार्ने भनेर उनले युवती तथा महिलाहरुलाई भेला पार्ने गरेका थिए ।
युवतीहरुलाई भेला पार्न उनले वेवसाइटको समेत प्रयोग गर्दै आएका थिए ।
छालामा एलर्जी, एपीलीप्सी र छारे रोग भएका बिरामीलाई पूरै निको पार्ने भन्दै प्रचार गरिएको भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका डीआइजी पुष्कर कार्की बताउँछन् ।उनका अनुसार ती व्यक्तिले पुरुषलाई हत्तपत्त गुम्बाभित्र छिर्न नदिने गरेका थिए । थुप्रै महिलाहरु ती धर्मगुरुको शिकार बनेको हुन सक्ने प्रहरीको आशंका छ ।अनुसन्धानका क्रममा ती व्यक्तिले विवाह भएकालाई महिलालाई ‘पूर्वजन्ममा आफ्नै अर्धाङ्गिनी र अहिले भुलबस अर्कैको भएको’ भन्दै यौन शोषण गर्ने गरेको प्रहरी बताउँछ ।
विवाह नभएका युवतीलाई भने ‘अघिल्लो जन्ममा पनि आफ्नै र अहिलेको जन्ममा पनि आफ्नै भएको’ भन्दै यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको भनाइ छ ।
अनुसन्धानको क्रममा ती व्यक्तिले विवाह गरेको समेत खुलेको छ । उनले श्रीमतीलाई झापामा राखेर होटल व्यवसाय समेत सञ्चालन गरिरहेको प्रहरीको आशंका छ ।
श्रीमतीसहित उनका छोराहरु झापामा रहेको बताइन्छ ।