Breaking News

सांसद् र आयुक्तबीच जुहारी: ‘मेरी श्रीमतीले सांसद हुन नपाउने ?’

By peoplesdailynepal

October 04, 2018

काठमाडौँ, १८ असोज ।  सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगका प्रतिनिधि र सभासद्बीच बुधबार जुहारी नै चल्यो ।

सांसद्हरूले सभासद् हुन पाउने लगायतका विषयमा आयोगको क्लष्टर के हो भनेर आयुक्तहरूलाई  र्याख र्याप्ती पारे भने आयुक्तहरूले आयोगले यो वर्ष नौ नौवटा निर्वाचन गरेर अन्तर्राष्ट्रिय रेकर्ड कायम गरेकाले गिनिज बुकमा नाम लेखाइदिन सभासद्हरूलाई व्यङ्गयात्मक जवाफ दिए ।

‘मैले विश्वकर्मासँग बिबाह गरें भने मेरी श्रीमतीले कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ? आयोगको क्लष्टरप्रतिको बुझाई के छ प्रष्ट हुन चाहन्छु’ भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् बिजय सुब्बाले प्रश्न गरे । आजको नेपाल समाचारपत्रमा खबर छ ।

उहाँले समानुपातिक निर्वाचन प्रणालीतर्फ छुट्याइएको व्यवस्थाले एउटै व्यक्तिलाई विभिन्न जातजाति र समुदायका नाममा पटकपटक सांसद बन्ने अवसर मिलेकोप्रति असहमति जनाउने क्रममा उक्त कुटनीतिक प्रश्न गरेका हुन् ।