Breaking News

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ, श्रीमतीसहित तीन वर्ष जेल जाने

By peoplesdailynepal

October 05, 2018

असोज, काठमाडाैँ ।  किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले ज्ञवाली पक्राउ परेको पुष्टी गरेका छन । उनलार्इ भारतीय सीमा नाका कञ्चनपुरबाट पक्राउ गरी ल्याएको बताइएको छ । उनीसहितको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए ।

जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीअार्इबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।

०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे ।