Breaking News

आफ्नै छोरी मारेर पोखरीमा फालीन् आमाले

By peoplesdailynepal

November 28, 2017

मंगसिर-१२, बारा

आफ्नै छोरीको हत्या गरेको अभियोगमा बाराको सुवर्णपुर गाउँपालीका ५ प्रशुरामपुरमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ४ गते साँझ ६ बजेदेखि बेपत्ता भएकी २ वर्षीय बालिका बबिया खातुनको शव घरबाट २०० मिटर पर पोखरीमा तैरिएको अवस्थामा मंसिर ७ गते भेटिएको थियो ।

नावालिका खातुनलाई उनकै आमाले हत्या गरी पोखरीमा फालेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

प्रहरीले छोरीको शव भेटेपछि आमा नेजमा खातुन घरबाट भागेर गाउँमै लुकिछिपी बस्दै आएकी थिइन् । प्रहरीले मंसिर ८ गते उनलाई गाउँबाटै पक्राउ गरेको हो ।

नेजमाका श्रीमान इब्राहिम मिया केही समयदेखि वैदेशिक रोजगारीमा छन् । प्रहरीका अनुसार नेजमा र उनका श्रीमानको घरयासी विवादमा टेलिफोनमा झगडा भएको थियो ।

श्रीमानलाई आफू र बच्चा दुबै मर्ने मार्ने धम्की दिएकी नेजमाले पहिले छोरी मारेर आफू पनि मर्ने मनसाय बनाएको बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिए ।