पोखरा, असोज २४ । पोखराको सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सहन्याधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार विहान पौने ९ बजे कार्यालयबाट घुस रकम सहित पक्राउ परेका हुन् ।
कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।