Breaking News

जन्मदिनमा बोलाएर १३ वर्षीया बालिकाको सामूहिक ‘वलात्कार’

By peoplesdailynepal

October 12, 2018

मोरङ,असोज २६ – पथरीशनिश्चरे नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी किशोरीलाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।