Breaking News

वामदेव ‘लफडा’ सकियो : प्रचण्ड

By peoplesdailynepal

October 12, 2018

काठमाडौँ, २६ असोज ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामवीर मानन्धरको राजीनामा र वामदेव गौतम काठमाडौं-७ बाट चुनाव लड्ने लफडा सकिएको बताएका छन् ।

शुक्रबार कागेश्वरी मनहरा नगरपालिकामा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले वामदेव आफैंले चुनाव नलड्ने बताएकाले यो लफडा अब सकिएको बताएका हुन् ।

काठमाडौँ-७ का सांसद रामवीर मानन्धरले राजिनामा दिने र गौतमले चुनाव लड्ने कुरा चर्चामा आएको बताउँदै प्रचण्डले बामदेव आफैले चुनाव नलड्ने बताएको जानकारी दिए ।

‘वामदेवजी आफैले चनाव लड्दिनँ भनिसक्नु भएको छ, अब यो लफडा सकियो’ प्रचण्डले भने, यस विषयमा अब तपार्इंहरुले टेन्सन लिनु पर्दैन ।’ कार्यक्रमस्थल पुग्दा आफूले पनि सडक निकै गएगुज्रेको देखेको बताउँदै प्रचण्डले अर्काे बर्ष नलाग्दै सडक पिच गरिसक्ने आश्वासन दिए ।

अर्काे वर्ष पर्खनु नपर्ने गरी काठमाडौँ उपत्यकाभित्रका सडक मूलबाटो पिच गर्छाैँ’ उनले भने, ‘काठमाडौँ नयाँ बनाएपछि नेपाल नयाँ बनाउने प्रक्रिया सुरु हुन्छ।’