Breaking News

नुवाकोटको फेदीखोलामा बस दुर्घटना : १ को मृत्यु, ३० घाइते

By peoplesdailynepal

October 12, 2018

नुवाकोट, २६ असोज ।  नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  उक्त दुर्घटनामा परि ३० भन्दा बढी घाइते भएका छन् ।

नुवाकोटको मसेरीबाट सदरमुकाम विदुरतर्फ गइरहेको बा१ ख ६३५६ नम्बरकाे यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना भएकाे हाे ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले दुर्घटनाको पुष्टि गर्दै १ जनाकाे मृत्यु भएकाे र ३० भन्दा बढी घाइते भएकाे जानकारी दिए । १ महिलाको घटनास्थलमै ज्यान गए पनि सनाखत हुन सकेको छैन ।