Breaking News

नविकेपछि पोखरामा भेडा च्याङग्रा पाईन थाल्यो सस्तोमा !

By peoplesdailynepal

October 18, 2018

पोखरा, कार्तिक १ । पोखरामा दशैं पर्वलाई लक्षित गरी भित्र्याइएका भेडा च्याङग्राको मुल्य ३० देखि ५० प्रतिशत सम्म सस्तिएको छ । भेडा च्याङग्रा महङगो भएको भन्दै धेरै उपभोक्ताहरुले चासो नदेखाएपछि व्यवसायिहरुले अन्ततः मूल्य घटाएर विक्रि गर्न थालेका हुन् । दशैं पर्वको अष्टमीसम्म पोखरा भित्रिएका करिब ५० प्रतिशत पनि भेडा च्याङग्रा बिक्रि नभएपछि मूल्य घटाएका हुन् ।

भेडा च्याङग्रा व्यवसायी अमृत रानाले फुलपातीसम्म २४ हजार, फुलपातीको बेलुका २० हजार र बुधबार महाअष्टमीमा १५ हजारमा भेडा च्याङग्रा बिक्रि गरेका छन् । उनले पोखराको याम्दी क्षेत्रमै भेडा च्याङग्रा बिक्रि गर्दै छन् भने यस बर्ष १ सय ७५ वटा भेडा च्याङग्रा बिक्रिको लागि पोखरा ल्याएका थिए । सुरुमा २४ हजार देखि २० हजारसम्म पर्ने भेडा च्याङग्रा बुधबार बेलुका देखि १२ हजार देखि १८ हजारसम्ममा बिक्रि भएको छ ।

त्यस्तै पोखराको पुरानो टुडिखेलमा घोरेपानी उल्लेरिका विनोद पुनले यस बर्ष एक सय वटा भेडा च्याङग्रा बिक्रिको लागि ल्याएपनि धेरै उपभोक्ताहरुले सुरुमै च्याङग्रा महङगो भएको भन्दै किन्न नआएकोले हालसम्म २५ प्रतिशत पनि व्यापार नभएको बताए । २१ हजारमा बिक्रिको लागि फुलपातीको अघिल्लो बेलुका देखि खोरमा भेडा च्याङग्रा राखेका उनले हाल १२÷१३ हजारमा बेचिरहेका छन् ।

व्यवसायिहरुले यसपालि आफुहरुले सोचे अनुसारको भेडा च्याङग्राको व्यपार नभएको बताएका छन् । फुलपातीको अघिल्लो दिनदेखि हरिचोक, याम्दी हुँदै हेमजासम्मको क्षेत्रमा भेडा च्याङग्रा किन्नेको भिड लागेको थियो । व्यवसायिहरुले यस बर्षको सुरुवातमा अघिल्लो बर्षको तुलनामा केहि रकम महङगोमा बिक्रि गर्दा धेरै उपभोक्ताहशरुले भेडा च्याङको बिकल्पमा खसि वोका तथा कुखुरा रोजेका छन् । पोखरा महानगरपालिकाले प्रति दिन प्रति भेडा च्याङग्राको १५ रुपैया कर उठाउने व्यबस्था गरेको छ ।–पोखरा न्यूज