Breaking News

क्यानाडामा गाँजा सेवन र बिक्रि खुला ! १८ बर्ष भन्दा मुनिका लाई बिक्रि गरे १४ बर्ष जेल !

By peoplesdailynepal

October 18, 2018

क्यानडाले बुधबारदेखि लागू हुने गरी गाँजा सेवन र बिक्री खुला गरेको छ। मनोरञ्जनका लागि गाँजा खुला गर्ने क्यानडा दोस्रो सबभन्दा बढी जनसंख्या भएको मुलुक हो। त्यहाँको संसदले गत असार पहिलो साता नै यससम्बन्धी कानुन पास गरेको थियो। कानुन लागू हुने मिति भने तोकिएको थिएन।

क्यानडा सरकारले बुधबार मध्यरातदेखि १८ वर्ष उमेर पुगेकालाई मनोरञ्जन निम्ति गाँजा सेवन गर्न र उमार्न कानुनी अनुमति दिने निर्णय गरेको हो। वैध भए पनि गाँजा बिक्री व्यवस्थित गर्न क्यानडाका प्रान्तहरूले आ–आफ्नै कानुन बनाउनेछन्।

सार्वजनिक स्थानमा ३० ग्रामभन्दा बढी गाँजा सेवन गर्न र घरमा चार वटाभन्दा बढी बिरूवा रोप्न पाइने छैन। तोकिएको उमेरभन्दा कमका व्यक्तिलाई गाँजा बिक्री गरेको फेला परे १४ वर्षसम्म जेल सजाय र जरिवाना हुनेछ।