Breaking News

८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार भएका अभियुक्त २ महिनापछि प्रक्राउ

By peoplesdailynepal

October 20, 2018

धनुषा, कात्तिक ३/ महोत्तरीमा ८ महिने शिशु सोनाली चौधरीको हत्याका आरोपी दशैंको टिकाको भोलीपल्ट प्रक्राउ परेका छन् । सोनालीको हत्या भएको झण्डै २ महिनापछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह पक्राउ परेका हुन् ।

सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको इनरुवाको भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी सहायक निरीक्षक अवधलाल साहको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका हत्यारा साहलाई महोत्तरी ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ । औरही नगरपालिकाका स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गएको भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर बलात्कार गरी हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए ।

शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो । तर घटना पश्चात हत्यारा साह लुक्दै आएका थिए । घटना पश्चात हत्यारालाई चाँडो पक्राउ गरी कार्वाही गर्न औरहीबासीन्दाले बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलनसमेत गरेका थिए ।