Breaking News

माधव नेपालको घोषणा : अध्यक्ष ओली र मेरोबीचमा कुनै मतभिन्नता छैन, अफवाहको पछि नलाग्नोस

By peoplesdailynepal

October 23, 2018

दाङ, कात्तिक ६ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको घोषणा गर्नुभएको छ । नेकपा दाङले दशैँका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ओली नेतृत्वको सरकार गिराउने विषय अफवाह मात्रै भएको ठोकुवा गर्नुभयो ।

‘हाम्रोबीचमा केही समस्या छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो”, नेता नेपालले भन्नुभयो, “वामदेव निर्वाचन लड्ने कुरा पनि धेरै हल्ला भयो, त्यो सबै झुट हो ।’ नेता नेपालले नेपालको कम्युनिष्ट सरकार विश्वकै लागि प्रेरणाको विषय बनेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसबाट सरकारले रचनात्मक प्रतिपक्षको अपेक्षा गरेको बताउनुभयो ।