Breaking News

केशव स्थापितलाई मन्त्रीबाट हटाउने मुख्यमन्त्रीको तयारी

By peoplesdailynepal

November 02, 2018

काठमाडौँ, १५ कात्तिक । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई हटाउने तयारी गरेका छन् ।

मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोप लागेका स्थापितलाई हटाउनेबारे नेकपा नेतृत्वसँग आबश्यक छलफल गर्न मुखयमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं आउँदैछन्।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलगायत नेतृत्वसँग यसबारेमा छलफल गरिने स्रोतले जनाएको छ। मुख्यमन्त्री पौडेलले स्थापितसँग काम गर्न नसकिने जानकारी गराएका छन्।बुधबारको मन्त्रिपरिषद् बैठकमा पौडेललाई स्थापितले अमर्यादित व्यवहार गरेको एक मन्त्रीले बताए । Via: Janatatimes.com