Breaking News

घुस लिने डिएसपीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

By peoplesdailynepal

November 15, 2018

काठमाडौं,कात्तिक २८ -१ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका महानगरीय प्रहरी वृत बौद्धका डिएसपी श्यामकुमार राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।उनले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनु भन्दै जिन्सी घुस माग गरेका थिए। पछि आफैंले टिभी किनेर ल्याएकाले बिलबापतको १ लाख ४० हजार रुपैयाँ दिनु भनि घुस लिँदा–लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले सोही उपदफाको (घ) बमोजिम जरिवाना र कैद सजाय हुनेगरी मागदाबी लिई बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।