Breaking News

आज (सोमबार) एक्कासी बढ्यो सुनको भाउ, कति पुग्यो त ?

By peoplesdailynepal

December 03, 2018

काठमाडौँ, १७ मङ्सिर । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । रहेको छ ।

आइतबार छापावाल सुन प्रति तोला ५७ हजार २ सय रुपैयामा कारोबार भएको थियो । सोमबार भने प्रति तोला २ सयले बढेर प्रति तोला ५७ हजार ४ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आइतबार तेजावी सुनको कारोबार ५६ हजार ९ सय रुपैयामा भएकोमा सोमबार भने प्रति तोला ५७ हजार १ सयमा कारोबार हुने महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य ७ सय रुपैयामा कारोबार भएको थियो ।