Breaking News

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेपछि…!

By peoplesdailynepal

January 04, 2019

काठमाडौं, २०  पुस । प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने एक महिला र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत अर्घाखाँचीले कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निवासी ३३ वर्षीय राधा घर्तीमगर र रुकुमका रमेश विकलाई सजाय सुनाएको हो ।

गत भदौ १८ गते राधा र रमेशले राधाका श्रीमान् धनबहादुर घर्तीको हत्या गरी बोरामा बाँधेर फालेको अवस्थामा शव भेटिएको थियो ।

अभियुक्तहरुले आफूहरु विगत ८ वर्षदेखि प्रेममा रहेको र घरजम गर्ने उद्देश्यले धनबहादुरको हत्या गरेको बयान दिएका छन् ।

अदालतले घटनामा संलग्न भन्दै राधाकी आमा वसुन्धरा बस्याललाई समेत ५० हजार जरिवाना सुनाएको छ । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।