Breaking News

टीकापुर घटनाका पीडितले अन्तर्राष्ट्रिय अदालत गुहार्ने

By peoplesdailynepal

January 04, 2019

धनगढी/ कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई बिहीबार शपथ गराइएपछि टीकापुर घटनाका पीडितले असन्तुष्टि जनाएका छन् । टीकापुर घटनामा संलग्न भएको अभियोगमा चौधरीविरुद्ध चलाइएको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा शपथ गराएर पीडितको उपहास र कानुन उल्लंघन गरिएको पीडित बताउँछन् ।

‘कानुन बनाउने थलोले नै कानुनको उल्लंघन गरेर हामीमाथि अन्याय गरेको छ’, टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउदका ६६ वर्षीय बाजे जंगबहादुरले भने, ‘अदालतबाट मुद्दा किनारा लागेपछि शपथ गराएको भए हाम्रो भन्नु केही हुन्थेन ।

सर्वसाधारणलाई पेट्रोल छर्केर, लखेटीलेखेटी भालाले घोचेर मारेको घटनाका अभियुक्त चौधरीलाई मुद्दाका फैसला नहुँदै शपथ गराएपछि अब किन कानुन चाहियो ? भोलि अरूले कसैलाई मारेमा किन कानुन लाग्ने ?’

चुनाव जित्दैमा मान्छे मारेको अभियोग लागेकालाई छुट दिइनु न्यायसंगत नहुने उनको भनाइ छ । कानुनविद्सँग छलफल गरेर न्यायका लागि अन्तर्राष्ट्रिय अदालतसम्म गुहार्ने उनले बताए । ‘कानुनविद्सँग छलफल गरेर न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जानुपरे पनि जान्छौंं’, उनले भने । नागरिकबाट