Breaking News

काठमाडौंमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

By peoplesdailynepal

January 04, 2019

काठमाडौं, पुस २० – महाराजगञ्जमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ। सडकमा भिख माग्ने नाम थर, ठेगाना नखुलेका एक पुरुषको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो।

शुक्रबार बिहान सडकमा लडिरहेको अवस्थामा फेला परेका ती व्यक्तिलाई प्रहरीले उठाएर शिक्षण अस्पताल लगेको थियो। अस्पताल पुर्‍याउनेवित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।