Breaking News

पृथ्वी जयन्तीमा भोलि सार्वजनिक बिदा

By peoplesdailynepal

January 10, 2019

काठमाडौँ, २६ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग देशभर उठिरहँदा नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा. धवल शम्शेर राणाले जानकारी दिए । राष्ट्रवादी अभियन्ताले बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई पनि खबरदारी गरेपनि सुनुवाइ भएको छैन ।

नेपालगञ्जमा सार्वजनिक बिदा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय ।’ उपमहानगरका मेयर राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख विजयी भएका हुन् ।

संघ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले पृथ्वीजयन्तीमा बिदा दिनैपर्ने अनिवार्य नभएको बताएका छन् । कम्युनिस्ट सरकारले निर्णय नदिने भनेपछि नेपालगञ्जका मेयरले बिदा घोषणा गरेका छन् ।