Breaking News

काठमाडौं जिल्ला अदालतका खरिदार विदुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

By peoplesdailynepal

January 14, 2019

पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डोर खटी बण्डा मुचुल्का बनाउनका लागि उनले सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोग लागेको आयोगले जनाएको छ । केही दिन अघि घुस लिँदै गरेको अवस्थामा खरिदार पोखरेललाई पक्राउ गरेर बिगो असुल गरी हदैसम्मको कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।