Breaking News

रग्सी पिएर १०० मा फोन ! यसरि फसे अश्लिल बोल्दै गलत खबर दिने लिभिंग टुगेदर जोडी

By peoplesdailynepal

January 30, 2019

काठमाडौँ- मादक पदार्थ सेवन गरी प्रहरी कन्ट्रोलमा फोन गर्ने र झुटा सूचनाहरु टिपाउने एक महिलासहित दुई जना पक्राउ परेका छन्। प्रहरीले हैरानी पाएपछि अपराध महाशाखाको टोलीले त्यस्ता सूचना टिपाउनेको खोजी गरेको थियो। पक्राउ पर्नेमा सिन्धुली घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ३५ वर्षीय राजु लामा र धनकुटा घर भई गोकर्णेश्वरमै बस्ने २२ वर्षीया सरिता बस्नेत छन्। दुवै जना ‘लिभिङ टुगेदर’मा रहेको प्रहरीले जनाएको छ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले दुवै जनाले अत्यधिक मादक पदार्थ सेवन गरि प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गर्ने गरेको र फलानो ठाउँमा घटना घट्यो,तुरुन्त आउनु पर्‍यो भनेर खबर गर्ने गरेको बताए। ‘ टिपाएको सुचनाअनुसार घटनास्थलमा पुग्दा केही नहुने। लगातार फोन गरेपछि प्रहरीले सम्झाएको पनि थियो। तर उनीहरुले उल्टै अश्लील गाली गर्ने रहेछन्’, उप्रेतीले भने।

पक्राउ पर्दा पनि लामा र बस्नेत मादक पदार्थ सेवन गरेकै अवस्थामा रहेको महाशाखाले जनाएको छ। लामाले ठेक्कापट्टाको काम गर्ने र बस्नेतले स्थानीय संस्थामा काम गर्ने गरेको जनाइएको छ। प्रहरीले आफ्ना वरीपरि कुनै घटना घटे तत्काल प्रहरीलाई खबर गर्नका लागि प्रहरी कन्ट्रोल नम्बर १०० को ब्यवस्था गरेको छ। कन्ट्रोलमा खबर आउने वित्तिकै प्रहरी टोली घटनास्थलमा पुग्ने गर्दछ। महाशाखाले कन्ट्रोल नम्बरमा फोन गरि झुटा सूचना नटिपाउन अनुरोध पनि गरेको छ।    –  देशसञ्चार डट कम बाट