Breaking News

पोखराका नगर बसको टिकट अनलाइन बाटै !

By peoplesdailynepal

March 07, 2019

पोखरा महानगरपालिकाले अब आफ्नो नगर क्षेत्र भित्र गुड्ने नगर बसको टिकट अनलाईन मार्फात वितरण गर्न्ने भएको छ । सार्वजनिक गाडिमा छोटो दुरीको यात्रा गर्दा भनेको समयमा बस नपाउनु वा कुरेर समय खेर फाल्नु पर्ने, सिट नपाउने, खुद्रा पैसा लगायतको सामान्य तर अति झन्झटिलो समस्या यात्रुले भोग्दै आएको अवस्थामा पोखरा महानगरपालिकाले वैशाखबाट महानगर बसका छोटो रुटमा पनि टिकट र कार्ड सुविधासहित ‘पेपरलेस यात्रा’ लागु गर्ने भएको हो ।

महानगर मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले एन क्लाउड नामक संस्थासँग सहकार्य गरी यो योजना ल्याउन लागेको बताए  । यात्रुलाई मात्रै होइन, बस व्यवसायीलाई पनि समय र पैसा दुवैको बचत हुनेछ र  यात्रु ठगिने सम्भावनाको पनि कमि हुने उनले बताए ।

उनले कार्ड प्रयोग गर्न कुनै १ बैंकसँग सहकार्य गर्ने र महानगरले निश्चित म्यादसहितको कार्ड जारी गर्ने जानकारी दिए । ‘टिकट काटेर चढे पनि हुन्छ । त्योभन्दा सजिलो उपाय बैंकको एटिएम कार्डजस्तो कार्ड वितरण गर्छौं,’ उनले भने, ‘पछि महानगरले त्यही कार्डलाई स्मार्ट कार्ड बनाउने योजना पनि छ ।’