Breaking News

एमबीबीएस प्रश्नपत्र काण्ड: चुहावटमा ६ जना भ्रष्टाचारी ठहर

By peoplesdailynepal

January 12, 2018

काठमाडौँ — विशेष अदालतले तीन वर्षअघि गोल्डनगेट कलेजमा भएको एमबीबीएस परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणमा मुछिएका ८ जनामध्ये ६ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । अदालतले बुधबार प्रश्नपत्र चुहावट प्रकरणमा मुख्य योजनाकार मानिएका प्रभातकुमार कुशवाहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको रजिस्ट्रार भीम श्रेष्ठले जानकारी दिए ।

प्रश्नपत्र चुहावटपछि संलग्नहरूको योजना, वस्तुगत प्रश्नको उत्तर छनोटका लागि तयारी अवस्थामा राखिएका विज्ञको टोलीलगायतबारे आयोगको छानबिन प्रतिवेदन मौन थियो । एमबीबीएस तयारी कक्षा सञ्चालन गर्ने नेम, अर्बिटलगायतमा तत्कालीन अख्तियार प्रमुख लोकमानको निर्देशनमा खानतलासी भए पनि कुनै प्रमाण भेटिएन । लोकमानको कामकारबाहीको विरोध गरेकाले त्यस क्रममा अख्तियारले नेमका सञ्चालक नवीन शर्मालाई समेत पक्राउ गरेको थियो । कान्तिपुर अनलाईनमा प्रकाशित कृष्ण ज्ञवालीको रिपोर्ट