Breaking News

प्रदेश ४ मा प्रमुख प्रतिपक्षी दलको नेतामा यी छन् आंकाक्षी

By peoplesdailynepal

February 01, 2018

प्रदेश ४ बाट प्रतिपक्षी दलको नेतामा काँग्रेसका दुई आंकाक्षी देखिएका छन् । नवलपुर १ क बाट प्रत्यक्षमा निर्वाचित कृष्णचन्द्र नेपाली र कास्कीबाट समानुपातिकमा छनौट भएका कुमार खड्का आंकाक्षीका रुपमा अघि देखिएका छन् । वागलुङबाट समानुपातिकमा परेका मणिभद्र शर्मा कंडेल इच्छुक देखिएपनि उनको कडा अडान भने देखिएको छैन ।

नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य समेत रहेका नेपाली नवलपरासी काँग्रेसको ४ पटक जिल्ला सभापति भएका थिए । नेपाली काँग्रेसमा ‘निरन्तरको क्रियाशिलताका कारण प्रमुख प्रतिपक्ष दलको नेतामा चयन’ हुने विश्वस्त देखिए । अखण्ड पार्टीबाट नेपाली काँग्रेस प्रवेश गरेका कुमार खड्का पनि ४ नम्वर प्रदेशको प्रतिपक्ष दलको नेतामा बलियो आंकाक्षी देखिएका छन् ।

कास्कीबाट समानुपातिक सुचिमा परेका खड्का काँग्रेसको आमन्त्रित केन्द्रिय सदस्य समेत हुन् । प्रतिनिधी तथा प्रदेश सभा सदस्य भइसकेका खड्का महिला तथा वालवालिका मन्त्री पनि भएका थिए । खड्काले प्रतिपक्ष दलको नेतालाई दलले औपचारिक निर्णय नगरिसकेको जनाउँदै संसद र मन्त्रीको अनुभव संगालिसकेकोले आफु प्रमुख दावेदार रहेको वताए ।

बागलुङबाट समानुपातिकमा परेका मणि भद्र शर्मा कँडेलले प्रतिपक्ष दलको इच्छा देखाएपनि अन्तिम समयमा  नेपालीलाई समर्थन गर्ने मनशाय बनाएका छन् । उनले भने ‘कृष्णचन्द्र जीले इच्छा देखाए उहाँलाई समर्थन गर्छु । ’ काँग्रेसबाट प्रदेश ४ मा प्रदेश सभा प्रत्यक्षमा छ जना विजयी भएका थिए भने समानुपातिकबाट ९ जना  चयन भएका थिए । प्रदेश ४ संसदमा काँग्रेसबाट १५ जना सदस्य रहेका छन् ।

गोरखा २ को ख मा प्रकाशचन्द्र दवाडी, मनाङ क मा चिन्ता वहादुर घले,कास्की २ ख विन्दुकुमार थापा,स्याङ्जा २ ख मा भागवतप्रकाश मल्ल विजयी  प्रत्यक्षमा निर्वाचित भएका थिए । प्रत्यक्षमा निर्वाचित थप सदस्यमा नवलपुर  क्षेत्र नम्वर १ को क र २ को क मा क्रमशः कृष्णचन्द्र नेपाली र विष्णुप्रसाद लामिछाने हुन् ।

स्याङ्जाबाट मेखलाल श्रेष्ठ, पर्वतबाट ललितकला गुरुङ, तनँहुवाट सरिता गुरुङ र दोवाटे विश्वकर्मा प्रदेश ४ बाट समानुपातिक तर्फ विजयी भएकाहरुमा थिए । त्यसैगरि गोरखावाट मनकुमारी गुरुङ, वागलुङबाट मणिभद्र शर्मा कँडेल र कोपिला वोहरा,कास्कीबाट कुमार खड्का र नवलपरासीबाट ओमकला गौतम छनौट भएका थिए । रातोपाती बाट