काठमाडौं,माघ १८ – फुलचोकीबाट उद्धार गरिएका किशोर जोन तामाङको बिएण्डबी अस्पतालको आइसियुमा राखेर उपचार हुँदैछ । उद्दार गरेलगत्तै उनलाई बुधबार राती ललितपुरको इर्मेजेन्सी कक्षमा लगिएको थियो। इर्मेजेन्सीमा डाक्टर दीपेन्द्र कार्कीसहितको टोलीले उनलाई आइसियु लगेर उपचार गरेका हुन् । ६ दिनसम्म केही नखाइ जंगलमा हराएका उनलाई आइसियुमा पठाइएको थियो। ‘जोनको स्वास्थ्य अवस्था ठिक रहेको अस्पताल स्रोतले जनाएको छ ।