Breaking News

बिद्यालयबाटै बेपत्ता भइन् समीक्षा

By peoplesdailynepal

February 01, 2018

इलाम, माघ १६– सूर्योदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत बेपत्ता भएकी छन् ।

नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको खुल्न आएको छ । चार दिनअघि स्कुलबाटै उनी बेपत्ता भएकी हुन ।

धेरैतिर खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि आफन्त र परिवारले सोमबार जिल्ला प्रहरी कार्यालयमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन ।