Breaking News

फेरी स्वाभिमानी सावित भए ओली, भारतले स्वीकार्यो नेपालको संविधान

By peoplesdailynepal

February 02, 2018

माघ-१९. / नयां सरकार बन्नै लाग्दा अचानक भारतीय विदेश मन्त्री सुस्मा स्वराज नेपाल आईन् त्यो पनि कुनै औपचारिक कार्याक्रम बिना । स्वराज किन आईन् र कसले बोलाएर आईन् भन्ने सबैमा चासोको विषय बन्दै गर्दा एमाले अध्यक्ष केपी ओलीले स्वराजलाई बोलाएको र उनी आफ्नो पाहुना रहेको बताए । नभन्दै स्वराज नेपाल आए लगत्तै एमाले अध्यक्ष केपी ओली संग गोप्य वार्तामा बसिन् ।

वान टु वान भनिएको वार्तामा अन्य कुरा हरु के भए त्यो सार्वजनिक भईसकेको छैन तर पनि लामो समय नाकाबन्दी लगाएको भारतले त्यहि नाकाबन्दीको कारण बनेको केपी ओलीको महत्वपूर्ण भूमिकामा बनेको नेपालको संविधानलाई अन्तत स्वीकारेको छ । नेपालको संविधान आफु अनुचित नभएको र मधेसी माग हरु पुरा नभएको कारणले नेपाल संग निहु खोजेर भारतले नाकाबन्दि लगाएको थियो ।

हरबखत भारतको चासो नेपालका मधेसी दलहरुको माग वमोजिम संबिधान संसोधनमा नै रहेको थियो । तर अचानक बाम गठबन्धनको सरकार बन्नै लागेको र एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने लगभग पक्कापक्कि भएको अवस्थामा भारतले नेपालको संविधान स्विकारेर नेपालका मधेसी दलहरुलाई तपाईहरुको माग समिधान संसोधन तपाईहरुकै आन्तरिक मामला हो भनेर स्वराजले भन्नु अचम्म रहेको टिकाटिप्पणीहरु सामाजिक सञ्जालमा देख्न पाईन्छ ।

कुनै समय भारतको मिचाहा प्रवृति भन्दै भारतको अति विरोध गर्ने नेता ओलीले भारतीय विदेश मन्त्री स्वराजलाई नेपाल बोलाएर सम्मानका साथ रात्रि भोज दिने खबरले भारत संग फेरी केपी ओली झुक्ने भए भन्ने खालका कुराहरुलाई स्वराजले केपी ओली संगको भेट वार्ता पछि संविधान स्विकार्नु र बाम गठबन्धनलाई बधाई तथा सुभकामना दिनुले ओली फेरी स्वाभिमानी सावित भएका छन् ।