अर्थ

हेर्नुहोस् बजारमा ‘झ्याइँ झ्याइँ 

By peoplesdailynepal

February 05, 2018

गायिका सरु राई सरस्वती नयाँ गीतको म्यूजिक भिडियो सहित बजारमा आएकी छिन् । उनले ‘झ्याइँ झ्याइँ झ्याइँ …’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायिका स्वयमकै रहेको छ । प्रदीप जोशीको संगीत संयोजन रहेको छ ।

सार्वजनिक गीतको म्यूजिक भिडियो एलिशा राईले आकर्षक नृत्य गरेकी छिन् । निराजन प्रधानले एलिशालाई साथ दिएका छन् । युवराज वाइवाद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् ।

‘झ्याइँ झ्याइँ ..’को म्युजिक भिडियो हेर्न तलको लिंकमा जानुहोला