Breaking News

दोस्रो भेट्रान बास्केटबल प्रतियोगिताको तयारी पुरा

By Peoplesdailynepal

February 09, 2018

पोखरा , २६ माघ  । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा पोखरामा टिभिएस आरटिआर दोस्रो पोखरा राष्ट्रिय पुरुष बास्केटबल २०७४ हुने भएको छ । फागुन ३ देखि ५ गते सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।