Breaking News

एनसेलको फोरजी सेवा राजधानीमा आजबाट सुरु, थप ४० शहरहरुमा नेटवर्क परिक्षण

By peoplesdailynepal

July 04, 2017

जेठ १८ पोखरा । एनसेलका ग्राहकले अब बहुप्रतिक्षित चौथो पुस्ताको मोवाइल सेवा फोरजीरलङ्ग टर्म इभोलुसन ९एलटिई० सेवाको मजा लिन सक्नेछन् । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउन फोरजी सेवा सुचारु गरेको गरेको जनाएको छ । फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले यही बिहीबार ९जेठ १८० बाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभलिन सक्नेछन् । पोखरा लगाएत देशभरका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको कमपनीले जनाएको छ । प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको हो ।

 

“हामीप्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ । हामीमा विश्वास गर्ने सबैप्रति हामी आभारी छौं । प्रविधि तटस्थताकाको उच्चतम सदुपयोग गर्दै डिजिटल नेपालको राष्ट्रिय लक्ष्य हासिलगर्नका लागि योगदान पु¥याउन हामीकटिबद्ध छौं,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने । यसै प्रतिबद्धता बमोजिम एनसेलले आगामी ७ महिना सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिएको छ । फोरजीरएलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम ९युसिम०सँग निःशुल्क साट्न सक्छन् । नयाँ ग्राहकले फोरजी सिमनै प्राप्त गर्नेछन् । नयाँ प्रविधिमा आधारित सेवा संचालनमा ल्याएको अबसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिन समयावधि रहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिकएपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन् । यस बाहेक कम्पनीले चाँडै नै डिभाइस सर्भिस बण्ड लिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने कम्पनीले जनाएको छ । हाल एनसेलले १ करोड ५० लाखभन्दा बढि ग्राहकलाई मोबाइल सेवा र ६० लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गर्दै आएको जनाएको छ ।