कला/संस्कृति

बा’ले मलाई मार्क्सवाद गलत पढाउनु भएको थियो

By peoplesdailynepal

February 13, 2018

आनन्द भट्टराई

आमा, सहरमा त क्रान्तिको परीभाषा फेरीएको छ.. बा’ले मलाई सिकाएको बर्ग सँघर्षको बाह्रखरी, साम्यबादको कखरा, सबैले रूप बदलेका छन… बा’ले मलाई माक्स र लेनिन चिन्न सिकाएको रातो किताब, अल्लि अस्ति सहर पस्नेहरूले डस्टबिनमा मिल्काईदिए, घरको दलिनमा बा’ले राखेको पनि, धमिराले खाईसक्यो होला, भेट्नुभयो भनेँ जतन गरेर राख्नुहोला, गाँउ आऊदा खेरी पढ्न मन लागेको छ, म जान्न चाहान्छु कि, बा’ले मलाई माक्सबाद गलत पढाउनु भएको थियो या यिनिहरू गलत हून!!

यो कविता रचनाकारको फेसबुक वाल बाट साभार गरीएको हो ।