Breaking News

मन्त्रिपरिषद गठनमा अन्याय गरेकाे भन्दै एमाले सांसदद्धारा राजीनामा

By peoplesdailynepal

February 19, 2018

काठमाडौं। प्रदेश ६ को मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेको भन्दै एमाले सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।

मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले मन्त्री पद बाँडफाँडमा चलखेल गरेको भन्दै सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका हुन् । शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाक मार्फत सभामुखलाई पठाएका छन् ।

एमाले नेता शाही प्रदेश ६ को सभामुखको दाबेदार थिए । तर पार्टीले दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाएपछि उनी मन्त्रीको आकांक्षी थिए । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा उनी मन्त्रिमा समेत परेनन् । त्यसपछि उनले अपमानित महशुस गर्दै राजीनामा दिएको जानकारी दिए।

शाहीले नवप्रवेशी र पैसावालहरुलाई आर्थिक चलखेल गरेर संसदीय दलका नेता यमलाल कँडेलले मन्त्री बनाए । पार्टीमा कुनै योगदान नगरेका र कुनै कमिटीमा नरहेका व्यक्तिलाई सभामुख बनाइयो । म माथि सहनै नसकिने अन्याय गरेपछि राजीनामा दिएको बताएका छन् ।