Breaking News

युएस बंगलाको विमान दुर्घटनाबाट, उद्दार गरेर अस्पताल ल्याइएका झन्डै अाधा यात्रुको मृत्यु

By Peoplesdailynepal

March 12, 2018

काठमाडौं, २८ फागुन चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको एयर क्राफ्ट सोमबार दिउँसो  अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक  विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।  ‘विमानमा चालकदलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ, आगलागी भएको जहाजबाट १४ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि पठाइएको छ ।’

अहिले घटनास्थलमा नेपाली सेवा, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै  उपत्यकामा उपलब्ध सबै एम्बुलेन्स आगलागी नियन्त्रणका लागि खटिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको युएस बंगलाको जहाजका यात्रुलाई उद्दार गरी अस्पताल ल्याउने क्रम जारी छ।

सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएका झन्डै आधा यात्रुहरु मृत रहेको अस्पताल स्रोतले जनाएका छ। ‘यहाँ ल्याइ पुर्‍याइएका यात्रुमध्ये जीवितलाई अस्पताल भित्र उपचारका लागि लगिएको छ भने मृतलाई अस्पताल परिसरमा राखिएको छ,’ । अहिलेसम्म कति यात्रु ल्याइयो र कति जीवित छन् भन्ने एकीन छैन। अस्पतालले एकिन संख्या अझै भनेको छैन। तर उपचारमा स‌ंलग्न चिकित्सकले झन्डै  आधा यात्रुको मृत भएको जानकारी दिएका छन्।

विमान अवतरण गर्ने क्रममा आगलागी भएर क्षतविक्षत भएको थियो। विमानमा ७१ यात्रु रहेको नेपाल प्रहरीले जनाएको छ।