Breaking News

काठमाडौमा भएको विमान दुर्घटनामा पोखराका पौडेलको मृत्यु

By peoplesdailynepal

March 13, 2018

पोखरा, २९ फागुन /कहालीलाग्दो विमान दुर्घटनामा परी हिजो ४९ जनाको मृत्यु भएको छ । काठमाडौमा भएको विमान दुर्घटनामा पोखराका एक जनाको पनी ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका सञ्जय पौडेलको मृत्यु भएको हो ।

बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेललाई लिन उनका बाबु दामोदर पौडेल काठमाडौ विमानस्थलमा पुगेका थिए ।

उनका बाबु दामोदर पौडलले पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् ।घरका एक मात्र छोरा सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथा मा विमा साइन्स पढेका थिए । उनलाई उनका साथीहरू बब्ली भनेर बोलाऊथे ।